जहदा गाउँपालिका बाट बिधुत चोरी गर्ने पक्राउ
पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवान, रघुनाथ पासवान, मञ्जु मण्डल, सिताराम पासवान, रामचन्द्र पासवान, श्रवण मण्डल र जितेन्द्र प्रसाद मण्डल रहेका छन् । कटहरी फ्युज उपकेन्द्र अन्तरगत जहदा गाउँपालिका वडा नम्बर २ मा गएराती १० बजे विराटनगर वितरण केन्द्रबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले २ थान पंखा र २ थान मोटर समेत बरामद गरेको विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले जानकारी दिए ।
विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले चोरी नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । त्यस्तै बिभिन्न समयमा आउने प्राबिधिक त्रुटीलाई समेत ब्यवस्थापन गर्ने कामहरु भईरहेको सिंहले बताए ।
विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले चोरी नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । त्यस्तै बिभिन्न समयमा आउने प्राबिधिक त्रुटीलाई समेत ब्यवस्थापन गर्ने कामहरु भईरहेको सिंहले बताए ।

Source: Prem Dewan (OurBiratnagar.net/OB MEDIA)
![]() |
BLOGGER: NITESH SHAH |
Leave a Comment